१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम २ मा चुनाव लड्न सुहाङ नेम्वाङले दिए पार्टी कमिटीमा निवेदन



अ+ अ-

विराटनगर । इलाम क्षेत्र २ मा हुनलागेको उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनाउन आग्रहसहित सुहाङ नेम्वाङले पार्टी कमिटीमा निवेदन दिएका छन् ।

एमाले नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङले पार्टीको इलाम जिल्ला कमिटीमा नेम्वाङले निवेदन दिएका हुन् ।

यसअघि चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटीले उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ ।

उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने पार्टीले समय दिएको थियो ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको इलाम २ मा वैशाख १५ मा उपचुनाव हुँदैछ ।