७ पुष २०८२, सोमबार
,
Latest
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महाधिवेशन सर्ने



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको यही फागुन ७ गतेबाट सुरु हुने तय भएको १४औँ महाधिवेशन फेरि सर्ने भएको छ तर अब काँग्रेसको महाधिवेशन आगामी भदौभित्र पनि हुन नसकेमा पार्टीको वैधानिकता नै समाप्त हुनेछ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको प्रस्ताव छलफलका लागि पेस गरिँदैछ ।

सभापति शेरबहादुर देउवा नेतृत्वले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर पार्टीको विधानअनुसार एक वर्ष थप गरेको अवधि पनि यही फागुन १९ गते समाप्त हुँदैछ । नेपालको संविधानअनुसार काँग्रेसले अबको छ महिनाभित्र कुनै पनि हालतमा महाधिवेशन गर्नैपर्ने हुन्छ । केन्द्रीय कार्यसमितिमा पेस गरिने प्रस्ताव र महाधिवेशनको अर्को मिति तय गर्नेलगायतका विषयमा सभापति देउवासहितका शीर्ष नेताहरूबीच छलफल पनि भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सचिवालयले तयार पारेको महाधिवेशनको नयाँ कार्यतालिकालाई बुधबारको कार्यसमितिमा पेस गरिने जानकारी दिए । गोरखापत्र दैनिकमा समाचार छ ।