२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले महाधिवेशनका लागि वैशाखमा प्रतिनिधि चयन गर्ने



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयसीमाअगावै सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

सबै कमिटीले सम्बन्धित नेताले सङ्गठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्न र आफ्नो कार्यक्षेत्रका सदस्यलाई बैठक गरी यसको जानकारी गराउनुपर्ने प्रावधान तोकिएको छ । गत माघ २५ देखि आगामी चैत २५ गते (दुई महिना)सम्म महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको छ ।

यस अवधिमा पार्टी सदस्य व्यवस्थित तथा विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, वितरण गर्न सदस्यता शुल्क, लेबीलाई व्यवस्थित गरिने छ । अभियान सफल बनाउन पार्टीले सबै कमिटीलाई पत्राचार गरेको जनाइएको छ ।

पार्टीले पार्टी सदस्यता विस्तार तथा सङ्गठन सुदृढीकरण गर्न तल्लो तहलाई निर्देशन दिइएको पार्टीले महाधिवेशनमा सहभागी हुन आउने सबै नेतालाई पार्टी सदस्यता नवीकरण गर्न आगामी चैत मसान्तसम्म समय तोकेको छ ।

पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजका लागि मातहातका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ । कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा महाधिवेशन आह्वान गरेको छ । रासस