२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

भागरथीको हत्यामा संलग्नको आशंकामा एक पक्राउ, प्रहरीले आज सार्वजनिक गर्दै

भागरथीको हत्यामा संलग्नको आशंकामा एक पक्राउ, प्रहरीले आज सार्वजनिक गर्दै
अ अ+ अ-

बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एकजना स्थानीय युवालाई पक्राउ गरेको छ । ती व्यक्तिलाई प्रहरीले आज नै सार्वजनिक गर्ने जनाएको छ । 

उनी भागरथीकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका- ७ का एक युवा रहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले मंगलबार सो कुराको जानकारी दिएका छन् । उनले भने- हत्या आशंकामा हामीले एक युवालाई पक्राउ गरेका छौँ, भोलि पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्दैछौं।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएको छ । पक्राउ परेका व्यक्ति भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी रहेको बताइएको छ । उनीसँग प्रहरीले प्रारम्भिक एक तहको बयान लिएको छ र उनले भागरथीसँगको रिसिइबी का कारण बलात्कार र हत्या गरेको भनी बयान पनि दिएको प्रहरीले स्रोतले जानकारी दिएको छ । 

भट्टको गत माघ २१ गते बुधबार दिउँसो हत्या भएको थियो। त्यस हत्यापछि प्रहरीले केही व्यक्तिलाई निगरानीमा राखेको जनाएको थियो । मंगलबार पक्राउ परेकामा तीमध्येका एकजना रहेका हुन् । 

प्रहरी स्रोतले भागरथीकै छिमेकी युवाले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको जनाएको छ । साथै उनको हत्यामा ती व्यक्ति शतप्रतिशत संलग्न भएको प्रमाण भेटेको पनि प्रहरीले जनाएको छ तर यो समाचारको औपचारिक पुष्टि भने भएको छैन । 

हिजो साँझ सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले भागरथी बलात्कार हत्यामा संलग्नको नजिनकै प्रहरी पुगिसकेको बताएका थिए । उनले प्रहरी प्रमाणको निकै नजिक पुगेको र त्यस सम्बन्धी थप जानकारी बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएका थिए ।