७ पुष २०८२, सोमबार
,
Latest
ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना टाँसेर वाग्मती प्रदेशसभाको बैठक स्थगित



अ+ अ-

हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएको छ । बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका हुन् । बिहान ६ः३५ बजे सूचना जारी गर्दै सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी सांसदहरुलाई दिएका थिए । सत्तारुढ नेकपाका दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुले प्रधानमन्त्री ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै वाग्मती प्रदेशसभाको बैठक पेचिलो बनिरहेको छ ।

मंगलबार दाहाल–नेपाल समूहको दबाब र सर्वदलीय बैठकपश्चात् प्रदेशसभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका सभामुख श्रेष्ठले सत्तापक्षको दबाबका कारण पुनस् बैठक स्थगित गरेका हुन् । यसअघि माघ १९ गतेका लागि तय भएको बैठक मुख्यमन्त्रीको दबाबमा अघिल्लो राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए । पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीले आफू वरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताए पनि प्रदेशसभामा भने रोक्न कोसिस गरिरहेका छ । प्रदेशसभा सचिवालय स्रोतका अनुसार अविश्वासको प्रस्तावको विषयमा दलगत रुपमा धारणा राख्ने गरी तयारी गरिएको भए पनि सत्तापक्षबाटै सदन अवरुद्ध हुने संकेत आएपछि बैठक स्थगित गरिएको हो ।

अविश्वासको प्रस्ताव दर्ता गराएको दाहाल–नेपाल समूहका संसदीय दलका उपनेता शालिकराम जम्मकट्टेलले सभामुख श्रेष्ठले प्रदेशसभालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए । ‘सर्वदलीय सहमतिअनुसार बैठक सञ्चालन गर्ने प्रतिबद्धता भएको थियो । तर, एक्कासि सदन स्थगित गरेर धोका दिने काम भयो,’ उनले भने ।

उनले सरकार अल्पमतमा रहेको प्रस्ट हुँदा पनि प्रदेशसभा सञ्चालन नगरेर सभामुख श्रेष्ठले संसदीय व्यवस्थाका मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेशसभा नियमावली उल्लंघन गरेको आरोप लगाए । सभामुखको यस कदमको विरुद्धमा कसरी अगाडि बढ्ने भन्नेबारे आन्तरिक छलफल गरेर निर्णयमा पुगिने उनले बताए । कान्तिपुर दैनिक