११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा भीषण हिम आँधी, कम्तिमा २३ जनाको मृत्यु



अ+ अ-

अमेरिका । अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा चीषण हिम आँधीमा परि कम्तिमा २३ जनाको मृत्यु भएको छ । हिम आँधीमा परि टेक्सास, केन्टुकी, लुसियाना र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको हो । नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको बताइएको छ । 

हिमआँधीका कारण टेक्सास राज्यमा बिजुली नहुँदा लाखौं मानिसहरुले अन्धकारमा बस्न बाध्य भएका छन् । बिजुली नहुँदा सबै क्षेत्रको इन्टरनेट सेवा पनि अबरुद्ध भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । केही राज्यहरूमा मंगलबार विद्यालयहरू बन्द गरिएका छन् ।

आँधीको असर आइतबारसम्मै पर्ने पनि बताइएको छ ।