२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदन किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र) का सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ ।

शनिवार काठमाडौंमा एक कार्यक्रमबीच पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको हो । गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुनुहुन्छ भने लेखक सुदन किराँती र गायक, कनकाइस्ट राई हुनुहुन्छ । कार्यक्रममा बोल्दै सांसद किराँतीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताउनु भयो । उहाँले जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको बताउनु भयो । उहाँले यही महिनामा बुद्ध र लुम्बिनी सम्बन्धी गीति भिडियो पनि सार्वजनिक गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म्युजिक भिडियो सार्वजनिक गरेका छौँ । जो चाहीँ मेरो जन्मदिन फागुन १८ गते, त्यही दिन नै सार्वजनिक गर्ने इच्छा थियो तर पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले भ्याइन । आज हामीले जन्म आफैँमा मान्छेको ठूलो सिर्जना हो र यसलाई नै फरक तरिकाले मनाउँ भनेर हो । भैरवबहादुर थापा नेपालको जिउँदो सम्पदा हो, संस्कृतिविद् । उहाँलाई हामीले सम्मान पनि गरेका छौँ । मान्छेलाई प्रेरित गरोस् । जन्मेपछि मान्छे मरिन्छ नै । त्यसैले जन्मदिन पनि सिर्जनात्मक रुपमा मनाउन भनेर सार्वजनिक गरेका छौँ । जन्मदिनकै अवसर पारेर बुद्ध र लुम्बिनी सम्बन्धी भिडियो पनि तयार भएको छ । त्यो पनि सार्वजनिक हुँदैछ ।’

सांसद किराँतीले कार्यक्रममा संस्कृतिविद् भैरवबहादुर थापालाई सम्मान गरेको पनि बताउनु भयो ।




भर्खरै