• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’ ★   विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, १२ जना घाइते ★   सीता एयरको जहाजले ठक्कर दिँदा कर्मचारी घाइते ★   कैलाश सिरोहियामाथिको आरोप निराधार र त्रुटीपूर्ण छन्: विमलेन्द्र निधी ★   यस्तो देश जहाँ गाइको डकार र भेँडाको पिसाबमा कर तिर्नुपर्छ ★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना

फिल्ममा काम छाडेर सडकमा स्ट्रीट फूड बेच्दै छन् यी कलाकार



एजेन्सी । बलिउडका एक अभिनेताले फिल्मको काम छोडेर सडकमा खाना पकाएर खुवाइरहेका छन् । अचम्मको कुरा त के छ भने उनले कुनै बाध्यतामा यो काम गरिरहेका छैनन् ।

फिल्ममा काम गर्ने जो कोहीको कमाई अचम्मको हुने विश्वास गरिन्छ । उनी आलिशान कारमा यात्रा गर्दै राम्रा घरमा बसिरहेका हुन सक्छन् तर यी अभिनेताको कथा भने अर्कै छ ।

फिल्ममा काम छाडेर स्ट्रीट फूडमा काम गर्नु उनका लागि बढी फाइदाजनक साबित भयो । सामाजिक सञ्जालमा भाइरल भएको रिलमा यी कलाकार आफैंले आफ्नो सफलताको कथा सुनाइरहेका छन् ।

यदि तपाईं दिल्लीको गीता कोलोनीको फूड स्ट्रीटमा जानुभयो भने, एक स्ट्रीट फूड विक्रेताले पक्कै तपाईंको ध्यान खिच्नेछ । तिनको स्टलबाट आउने स्वादिष्ट खानाको गन्ध र कुरकुराले तपाईंलाई स्वचालित रूपमा तिनीहरूतर्फ आकर्षित गर्नेछ । यी सडक बिक्रेता आफ्नी श्रीमती र छोरासँगै यहाँ हरेक दिन पसल सजाउँछन् ।

यसले तातो क्रन्ची कबाब र चिकेनका टुक्राहरू पनि बेच्दछन् । सडक बिक्रेताले आफूले चलचित्रमा पनि काम गरेको दाबी गर्छन् । यी सडक विक्रेताले अभय देवलसँग ‘नानु की जान’ र ‘ओय लक्की लकी ओय’ मा काम गरिसकेका छन् । केही विज्ञापनमा पनि देखिएका छन् ।

बाँकी फुर्सदका दिनहरूमा क्रिस्पी ताङ्दी र मसाला कबाबहरू बनाउन र बेच्न थाले । यो काम यसरी अगाडि बढ्यो कि उनलाई अब चलचित्रतिर फर्केर साना भूमिका गर्नुपर्दैन ।