२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

भट्टको हत्यामा संलग्न किशोरको उमेर पत्ता लगाउन वडा र स्कुललाई प्रहरीको पत्राचार

भट्टको हत्यामा संलग्न किशोरको उमेर पत्ता लगाउन वडा र स्कुललाई प्रहरीको पत्राचार
अ अ+ अ-

काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्टको हत्यामा संलग्न किशोरको उमेर एकिन भइनसकेकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन । बुधवार प्रहरीले ती किशोर नाबालक अर्थात् १८ वर्षभन्दा मुनिको हुन सक्ने ठानेर औपचारिक रूपमा नाम सार्वजनिक गरेको छैन।

१८ वर्षभन्दा मुनिको व्यक्तिलाई हिरासतमा राख्न पनि नपाइने कानुनी व्यवस्था रहेको छ । प्रहरीले ती किशोरलाई सार्वजनिक गर्दा किशोरको अनुहारमा नकाव लगाइएको थियो। 

प्रहरीका अनुसार ती किशोर दोगडाकेदार गाउँपालिका-७ कै हुन् । उनि सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ पढ्ने गरेका थिए। प्रहरीलाई उनको उमेर एकिन गर्न वडा कार्यालय र स्कुलमा पत्र लेखिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

ती किशोरलाई मंगलबार साँझ प्रहरीले घरबाटै पक्राउ गरेको थियो। किशोरले हत्या गरेको स्वीकार गरेपनि किशोरले भने आफूले बलात्कार नगरेको प्रहरीलाई बताइरहेका छन्। पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको प्रमाणित भएको हो ।