२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढासुब्बा गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक



अ+ अ-

धरान । बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेलतालिका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा आठ समूहले प्रतिस्पर्धा गर्नेछन् ।

फागुन २६ गतेको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको युकेएफसीबीच हुनेछभने फागुन २७ मा एनआरटी र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । फागुन २८ गते नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लब र फागुन २९ गते काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र चर्च ब्वाईज युनियनबीच स्पर्धा हुनेछ ।

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार विजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित पदक तथा पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद रु एक लाख, प्रत्येक खेलको म्यान अफ द म्याचले रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकरका साथै उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु २५ हजार र प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई नगद रु ३५ हजार प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चानका लागि रु ७७ लाख ६० हजार आम्दानी र रु ६६ लाख ५५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।