७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?, मेरो चरित्रहत्या भयो: सभापति देउवा



अ+ अ-

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरूले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका रूपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ।

‘मलाई पार्टीकै नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम भएका छन्’, पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सभापति देउवाले भने, ‘मैले प्रतिनिधिसभा पुनःस्थापना हुनुहुँदैन भनेर कहाँ भनेको छु ? मैले सर्वोच्च अदालतको फैसला कुरौं भनेको हो।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि देउवा आक्रोशित बनेका हुन्। नेता पौडेलले सभापति देउवा निर्वाचनका पक्षमा रहेको आशयसहितको धारणा राखेपछि देउवा रुष्ट बने। पौडेल बोलिरहेकै बेला उनलाई रोक्दै देउवाले भने, ‘ओलीले देउवालाई प्रधानमन्त्री पद दिने रे भनेर प्रचार गर्ने ? ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?’

उनले आफू सर्वोच्च अदालतको फैसला स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा रहेको धारणा व्यक्त गरे। निर्वाचन हुनै सक्दैन भनेर नेताहरूले सार्वजनिक रूपमा व्यक्त गरिरहेका अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाए। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।