६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आईपीएलबाट सन्यास लिन सक्नेछन् दिनेश कार्तिक



अ+ अ-

एजेन्सी । विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले आईपीएल २०२४ पछि अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलबाट सन्यास लिन सक्नेछन् ।

कार्तिकले आफ्नो अन्तिम सिजन रोयल च्यालेन्जर्स बैंग्लोरबाट आईपीएल खेल्नेछन् । आरसीबीले उनलाई २०२२ को मिनी लिलामीमा ५.५ करोडमा समावेश गरेको थियो ।

ईएसपीएनका अनुसार भारतीय विकेटकिपर ब्याट्सम्यान जुनमा ३९ वर्ष पुग्नेछन् । उनी आईपीएलको अन्तिम सिजनका लागि तयार छन् । यसपछि उनले आईपीएल र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिन सक्नेछन् ।

कार्तिकले भारतका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल जुलाई २०२२ मा बंगलादेश विरुद्ध टी-२० विश्वकपमा खेलेका थिए ।

कार्तिक ती सात खेलाडीमध्ये पर्छन् जो अहिलेसम्म आईपीएलका सबै सिजन (१६) को हिस्सा भइसकेका छन् । सन् २००८ मा आईपीएल सुरु भएदेखि नै उनी रोहित शर्मा, विराट कोहली, शिखर धवन, महेन्द्र सिंह धोनी, ऋद्धिमान साहा र मनिष पाण्डेसँग खेल्दै आएका छन् जो सुरुदेखि नै आईपीएल खेल्दै आएका छन् ।

कार्तिकले आईपीएलको १६ सिजनमा अहिलेसम्म दुई खेल मात्र गुमाए । उनले आफ्नो पहिलो सिजन कोलकाता नाइट राइडर्सविरुद्ध खेलेका थिएनन् । गत वर्ष अर्थात २०२३ मा भएको दोस्रो खेलमा सनराइजर्स हैदरावादविरुद्धको लिग खेलबाट उनी बाहिरिएका थिए ।