२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस

धितालका जनयुद्धकालीन डायरीमाथि ‘नेपालगञ्ज संवाद’

धितालका जनयुद्धकालीन डायरीमाथि ‘नेपालगञ्ज संवाद’
अ अ+ अ-

जानकी (बाँके): पत्रकार मनऋषि धितालद्वारा जनयुद्धमा केन्द्रित रही हालै प्रकाशित पुस्तकहरुमाथि समीक्षात्मक चर्चा भएको छ । नेपालगञ्जमा बुधबार आयोजित ‘नेपालगञ्ज संवाद’ कार्यक्रममा पुस्तकहरु ‘गुफा प्रेसका चिठी’, ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधारयात्रा’, ‘राजमार्गयात्रा’ र ‘गण्डकयात्रा’मा संवाद गरिएको हो ।

‘नेपालगञ्ज संवाद’ नाम दिइएको उक्त छलफल कार्यक्रममा साहित्यकार खोपीराम ओलीले पुस्तकमा जनयुद्धकालीन समयको अवस्था र परिस्थितिलाई जस्ताको त्यस्तै उतारिएको बताउनुभयो । उहाँले पुस्तक पढ्ने पाठक आफँै जनयुद्धमा सहभागी भएकाले पुस्तकमार्फत जनयुद्धको समग्र समय र परिस्थितिको प्रत्यक्ष अनुभूति दिन सफल रहेको बताउनुभयो ।

साहित्यकार लेख प्याकुरेलले पुस्तक उपयुक्त कृति बन्न सफल भएको बताउनुभयो । उहाँले पुस्तकका पात्रहरु रहर, कहर र अवसर सबै प्रकारले जोडिएको उल्लेख गर्दै उक्त समयमा भएका वास्तविक घटनालाई यथार्थपरक ढङ्गबाट प्रस्तुत गरिएको बताउनुभयो । “जनयुद्धकालीन विवाहमा एउटा कापी, कलम र किताब उपहार दिइन्थ्यो”, उहाँले भन्नुभयो, “अहिलेका विवाहमा गरिने भड्किलो खर्च कटौती गरी सोहीअनुसार गर्नका लागि पनि किताब शिक्षाप्रद हुनेछ ।”

वरिष्ठ पत्रकार तथा विश्लेषक नरेन्द्रजङ्ग पीटरले पुस्तक अणु तथा परमाणु भएको बताउनुभयो । उहाँले पुस्तकले राजनीतिक र दार्शनिक इतिहास बोलेको पनि स्पष्ट गर्नुभयो । यी छवटै पुस्तक जनयुद्धको ऐतिहासिक दस्तावेज भए पनि माओवादीले बिर्सदै गएको उहाँको भनाइ थियो ।

पत्रकार शङ्कर खनालले पुस्तकले नेपालमा माओबादीले गरेको जनयुद्धको इतिहास जोगाउन सफल भएको बताउनुभयो । उहाँले दशकौँ अगाडिको जनयुद्धलाई अहिलेका पुस्ताले ताजारुपले बुझ्न यी दस्ताबेजको अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो । पत्रकार तुला अधिकारीले किताबको विश्लेषण गर्दै तत्कालीन जेलभित्रका घटनालाई अहिलेको पुस्ताले जस्ताकोतस्तै देख्नसक्ने बताउनुभयो ।

राजनीतिकर्मी दुर्गाबहादुर थारुले यी पुस्तक पढ्दा आफूलाई पनि विगत सम्झना आएको र लेख्नका लागि प्रोत्साहन तथा उत्प्रेरणा मिलेको बताउनुभयो । उहाँले पुस्तक प्रेरणादायी, शिक्षाप्रद तथा जिउँदो इतिहास भएको चर्चा गर्नुभयो । सहिदलाई लेखिएको मार्मिक चिठीले जनयुद्धकालीन अवस्था ताजा बनाउने र सबै पाठकलाई त्यसको स्मरण गराउने उल्लेख गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य महेश्वरजङ्ग गहतराजले जनयुद्धका बलमा देश्मा राजनीतिक परिवर्तन आएको बताउनुभयो । समावेशीता, धर्म निरेपक्षता, सङ्घीयता, समानुपातिकलगायत व्यवस्था जनयुद्धका कारण सम्भव भएको भन्दै १० वर्षे जनयुद्धलाई अहिलेका पुस्ताले पुस्तकमार्फत अनुभूति गर्नसक्ने बताउनुभयो ।

पुस्तकका लेखक पत्रकार धितालले आफू जनयुद्धका अनुभूति बाँड्ने हुलाकी मात्र भएको धारणा राख्नुभयो । पुस्तक कल्पना नगरी वास्तविकरुपले तथ्यका आधारमा लेखिएको जनाउँदै धितालले कतिपय पुस्तकका पात्रसँग पुनर्मिलन भएको स्मरण पनि गर्नुभयो । त्यस्तै पुस्तकमा समेटिएका कतिपय घटनामा पुनर्मिलन भएका पात्रहरुसँग अनुमति लिएर पुस्तकमा समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।रासस