१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम पूर्वानुमानः आज हिमपातको सम्भावना



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो प्रदेश न २ र प्रदेश न ३ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । 

यस्तै, पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ । भने देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

त्यसैगरी, राति प्रदेश नं १ मा आंशिक बदली रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।