१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेटेर बधाई दिनेभन्दा पनि डटेर काम गर्ने मौका दिनुहोस्: मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नवनियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले आफ्नो परीक्षा सुरु भएको बताएकी छिन् । उनले आफूहरूलाई अहिले बधाईभन्दा पनि शुभकामनाको खाँचो रहेको जिकिर गरिन् ।

बिहिबार सामाजिक सञ्जालमार्फत उनले बधाईको लागि पछि कार्यतालिका बनाउने बताउँदै अहिले डटेर काम गर्ने मौका दिन आग्रह गरेकी हुन् । उनले भनेकी छिन्,’अहिले बधाई भन्दा पनि तपाईँहरूको शुभकामनाको खाँचो छ। अहिले डटेर काम गर्ने मौका दिनुहोस्, बधाईको लागि पनि पछि कार्यतालिका नै बनाउँला।’

देशको शिक्षा क्षेत्रलाई कहाँ, कता, कुन दिशा तर्फ लैजाने भन्ने बारे धेरै काम गर्न बाँकी रहेको बताउदै उनले भनिन्, ‘देशको शिक्षा क्षेत्रलाई कहाँ, कता, कुन दिशा तर्फ लैजाने भन्ने बारे धेरै नै काम गर्नुपर्नेछ। जति हामीलाई काम गर्ने उत्सुकता छ, त्यति नै हामीलाई यहाँको निरन्तर साथ को पनि आवश्यकता पर्नेछ ।’

उनले जनता माझ हुने आफ्नो प्राथमिकता सधैँ कायम रहने बताएकी छिन् । ‘सधैँ जनता माझ हुने हाम्रो प्राथमिकता हिजो एउटा सांसदका रूपमा पनि थियो र आज एउटा मन्त्रीका रूपमा पनि रहनेछ। हामीलाई आफ्ना सल्लाह, सुझाव, गुनासा राख्दै गर्नुहोला। यसको लागि हामी एउटा विशेष कार्यतालिका नै बनाउँदै छौँ। अन्तरक्रिया र सल्लाह सुझाव सकेसम्म अनलाइनबाट गर्नेछौँ’, उनले भनेकी छिन् ।