१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त



अ+ अ-

काठमाडौं। एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि पुनः सुनिल केसी नियुक्त भएका छन् । केसी आगामी ४ वर्षको लागि नियुक्त भएका हुन् । 

बुधबार बसेको सञ्चालक समितिको बैठकले चैत १ गतेदेखि लागु हुने गरी सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ केसीको पहिलो ४ वर्षे कार्यकाल यही फागुन मसान्तमा रहने छ ।