११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने नेविसंघको माग



अ+ अ-

काठमाडौं । कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । 

विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग गरी प्रदर्शन गरेको हो । नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले सरकारले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने बताउनुभयो । विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको महामन्त्री भट्टराईले बताउनुभयो ।

विद्यार्थीहरुले ‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड–१९ भ्याक्सिनको पहिलो अधिकार’ लेखिएको ब्यानरसहित प्रर्दशन गरेका थिए । विद्यार्थीहरुले ‘अबको खोप हाम्रो हो’, ‘विद्यार्थीले लाउने खोप कहिले आउने’, ‘नेविसंघको सरोकार हाम्रो खोप हाम्रो अधिकार’, ‘अबको खोप विद्यार्थीको अधिकार’ लगायतका नाराबाजी समेत गरेका थिए । यस्तै ‘विद्यार्थी नै हो यो देशको आधार, अबको खोप हाम्रो अधिकार’, ‘भविष्यको कर्णधारले भविष्यमा नै हो त खोप पाउने ?’, ‘खोपको अधिकार सबैलाई’ लगायत लेखिएको विभिन्न प्लेकार्ड समेत बोकेका थिए ।