५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको नेतृत्व रघुवीरले गर्ने , अर्थमा बर्षमान, परराष्ट्रमा नारायणकाजी , गृह रवि



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन्। बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्।

सहमतिअनुसार नेकपा माओवादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्र मन्त्रीमा नारायणकाजी श्रेष्ठ ,नेकपा ९एमाले० बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बन्नेछन् ।

अर्थमन्त्रीमा माओबादीका वर्षमान पुनलाई बनाउने माओवादीले निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ र बिराज भक्त श्रेष्ठ मन्त्री बन्ने भएका छन् । बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले रास्वपाको मन्त्रालय टुंगो लगाएको हो ।

रास्वपाले उपप्रधान तथा गृहमन्त्री पार्टी सभापति रवि लामिछाने, श्रम तथा रोजगार मन्त्रीमा डीपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ लाई मन्त्री बनाउने भएको छ ।