७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ। मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको नेतृत्व रघुवीरले गर्ने , अर्थमा बर्षमान, परराष्ट्रमा नारायणकाजी , गृह रवि



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन्। बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्।

सहमतिअनुसार नेकपा माओवादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्र मन्त्रीमा नारायणकाजी श्रेष्ठ ,नेकपा ९एमाले० बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बन्नेछन् ।

अर्थमन्त्रीमा माओबादीका वर्षमान पुनलाई बनाउने माओवादीले निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ र बिराज भक्त श्रेष्ठ मन्त्री बन्ने भएका छन् । बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले रास्वपाको मन्त्रालय टुंगो लगाएको हो ।

रास्वपाले उपप्रधान तथा गृहमन्त्री पार्टी सभापति रवि लामिछाने, श्रम तथा रोजगार मन्त्रीमा डीपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ लाई मन्त्री बनाउने भएको छ ।