२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको बटमलाईन: मधेस प्रदेशको नेतृत्व नपाए सरकारमा नजाने



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने भएको छ ।

आज बसेको कार्यकारिणी समितिको बैठकले मधेस प्रदेश सरकारको नेतृत्वको सुनिश्चित नभएसम्म सरकारमा नजाने निर्णय गरेको मृगेन्द्रकुमार सिंह यादवले बताए ।

सङ्घीय सरकारमा सहभागी हुनका लागि मधेस प्रदेशको सरकारलाई बटमलाई बनाएको उनले बताए । ‘हामीले मधेस प्रदेशको सरकारलाई नेतृत्व गरिरहेका छौँ । त्यसको निरन्तरता हामीले पाउँछौँ कि पाउँदैनौ त्यसको सुनिश्चित हुनुपर्छ । हामीले मधेस प्रदेश सरकार पाएनौ भने सङ्घीय सरकारबारे सोच्न बाध्य हुन्छौँ ’, उनले भने ।

यता, जनमत, लोसपाले पनि मधेस प्रदेशमा सरकारको नेतृत्व नपाएसम्म गठबन्धनलाई साथ नदिने अडान राखेको छ ।