• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

प्रचण्ड-नेपाल समूहद्वारा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चालेको कदमविरुद्ध  नेकपा प्रचण्ड-नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको छ ।

प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि विरोध सभा तथा आमहड्तालसहित तीन चरणको आन्दोलन गरिसकेको चौथो चरणको आन्दोलनअन्तर्गत मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको हो ।  

गएको पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्ष आन्दोलित छ । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन ररहेको छ ।