• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   बागमती प्रदेशसभा बैठक बस्दै ★   महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न ★   नेपाल र युएईबीचको खेल पनि घरेलु मैदानमा नहुने ★   पहिलो पटक चिडियाखाना पुगेका आश्रमका बालबालिकाले बाघ देखेपछि… ★   भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु ★   बाल्यकालका साथी, मैदानमै मस्ती ★   गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ: प्रधानमन्त्री ★   सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि नाराबाजी गर्ने निकोलस भुसाल पक्राउ ★   तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच टेलिफोन वार्ता

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २५.२३ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा



काठमाडौं। साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २५.२३ अंकले बढेर २ हजार ६३६.६८ विन्दुमा पुगेको छ । यो दिन २०६ वटा कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता शेयरको ९० हजार २०२ पटकमा रू. ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ बराबरको शेयर खरीदविक्री भएको हो । 

बिहीबारको कारोबारमा सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । उक्त  कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २७५ पुगेको हो । दोस्रोमा कर्णाली डेभलपमेण्ट बैंकको शेयर मूल्य ९.९४ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी बिहीबार सर्वाधिक कारोबार एनआईसी एशिया बैंकको भएको छ । कम्पनीको रू. ५६ करोड १ लाख ८३ हजार बरावरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा नेपाल  इन्फ्रास्टक्चर बैंकको रू. ५० करोड ८२ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।

बिहीबारको कारोबारमा आएका १२ वटा समूहमध्ये लघुवित्त समूहको परिसूचक ०.६२ प्रतिशत, निर्जीवन बीमा कम्पनीको परिसूचक ०.३८ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ०.५९ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । 

पछिल्लो समयमा बैंकिङ समूहले नेप्सेलाई अग्रता दिइरहेको छ । बैंकहरुको शेयर मूल्य अरुको तुलनामा केहि सस्तो भएको तथा लाभांश क्षमता राम्रो भएकाले पनि बैंकिङ्ग क्षेत्रतिर लगानीकर्ताको आकर्षण बढेको हो ।

सबैभन्दा बढी विकास बैंक समूहको परिसुचक २.३३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी बिहीबार सबैभन्दा बढी मिर्मिरे माइक्रो फाइनान्स कम्पनीको शेयर मूल्य घटेको छ ।

कम्पनीको शेयर मूल्य ४.९१ प्रतिशतले घटेर प्रतिकित्ता रू. १ हजार ६४५ मा झरेको हो । दोस्रोमा हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ३.७० प्रतिशतले घटेर प्रतिशेयर रू. ३१२ पुगेको छ ।