• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २५.२३ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा



काठमाडौं। साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २५.२३ अंकले बढेर २ हजार ६३६.६८ विन्दुमा पुगेको छ । यो दिन २०६ वटा कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता शेयरको ९० हजार २०२ पटकमा रू. ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ बराबरको शेयर खरीदविक्री भएको हो । 

बिहीबारको कारोबारमा सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । उक्त  कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २७५ पुगेको हो । दोस्रोमा कर्णाली डेभलपमेण्ट बैंकको शेयर मूल्य ९.९४ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी बिहीबार सर्वाधिक कारोबार एनआईसी एशिया बैंकको भएको छ । कम्पनीको रू. ५६ करोड १ लाख ८३ हजार बरावरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा नेपाल  इन्फ्रास्टक्चर बैंकको रू. ५० करोड ८२ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।

बिहीबारको कारोबारमा आएका १२ वटा समूहमध्ये लघुवित्त समूहको परिसूचक ०.६२ प्रतिशत, निर्जीवन बीमा कम्पनीको परिसूचक ०.३८ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ०.५९ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । 

पछिल्लो समयमा बैंकिङ समूहले नेप्सेलाई अग्रता दिइरहेको छ । बैंकहरुको शेयर मूल्य अरुको तुलनामा केहि सस्तो भएको तथा लाभांश क्षमता राम्रो भएकाले पनि बैंकिङ्ग क्षेत्रतिर लगानीकर्ताको आकर्षण बढेको हो ।

सबैभन्दा बढी विकास बैंक समूहको परिसुचक २.३३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी बिहीबार सबैभन्दा बढी मिर्मिरे माइक्रो फाइनान्स कम्पनीको शेयर मूल्य घटेको छ ।

कम्पनीको शेयर मूल्य ४.९१ प्रतिशतले घटेर प्रतिकित्ता रू. १ हजार ६४५ मा झरेको हो । दोस्रोमा हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ३.७० प्रतिशतले घटेर प्रतिशेयर रू. ३१२ पुगेको छ ।