१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तै रबैयाका कारण प्रदेशसभा भंग हुनसक्छ : मुख्यमन्त्री राई



अ+ अ-

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने बताएका छन् । प्रचण्ड–माधव समूह बिहीबार प्रचण्ड–माधव समूहका नेताहरुका रबैयाका कारण प्रदेशसभा भङ्ग हुनसक्ने बताएका हुन् । 

प्रतिनिधिसभा विघटनसँगै विभाजित र्भसंगै नेकपाको ओली पक्षमा रहेका मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै अविश्वासको प्रस्ताव दर्ता हुँदा मुख्यमन्त्री राईले आरामले अविश्वासको प्रस्ताव सामना गर्ने बताएका थिए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ प्रदेशसभा सदस्यमध्ये पाँचजनाले आफ्नो हस्ताक्षर फिर्ता पनि लिएका छन् । तर राईलाई आफ्नो सरकार जोगाउन पुग्ने मत छैन ।  

मुख्यमन्त्री राईले भने ९ गतेको बैठक सञ्चालनका लागि सहमति हुनुपर्ने बताएका छन् । ‘हामीले बैधानिक प्रश्न उठाएका हौं । यसको निरुपण कहीँ न कहीँ हुनपर्यो’ अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्ड–माधव पक्षमा लागेका १६ प्रदेशसभालाई कारबाही गर्ने निर्णय गरेका मुख्यमन्त्री राईले भने, ‘या त गल्ती रियलाइज गर्नुपर्यो या त सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्नुपर्यो ।’