१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब रोजगार मन्त्री नै विदेशमा हुँदा बेरोजगार भएपछि…



file photo
अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीको पद विदेशमा हुँदै गएको छ । अर्थात् मन्त्री भण्डारी बेरोजगार भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेका भण्डारी गत साता दुबई भ्रमणमा गएका थिए । उनी वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा दुबइमा आयोजना भेलाको रोजगार मेलामा सहभागी हुन दुवई गएका हुन् ।

मेलामा सहभागी हुन १९ फागुनमा जम्बो टोलीसहित यूएई गएका भण्डारीको पद नेपाल फर्किन नपाउँदै खुस्किएको हो ।

दुवईमा उनले रोजगार मेला उद्घाटन गरे । तर यता भोलिपल्टै उनको मन्त्री पद गयो । सत्ता गठबन्धन दल हेरफेर गरेपछि मन्त्री भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त गरेका हुन् । उनी २०७९ साल चैत १७ गते मन्त्रीमा नियुक्त भएका थिए ।