१४ श्रावण २०८३, बिहीबार
,
Latest
माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा सहभागी हुन माधव नेपालले खोजे ‘फेस सेभिङ’



अ+ अ-

काठमाडौँ । नयाँ समिकरण बनेसँगै सरकारमा सहभागी हुनका लागि माधव नेपालले फेस सेभिङ खोजेको खबर बाहिरिएको छ ।

हिजो काँग्रेसलाई हटाएर एमालेसँगको समिकरण बनाएपछि प्रधानमन्त्री प्रचण्ड सरकारमा सहभागी हुनका लागि माधव नेपाललाई अनुरोध गरिरहेका छन् ।

हिजो साँझ पनि माधव नेपालको कोटेश्वरस्थित घरमा पुगेका प्रधानमन्त्री प्रचण्ड आज पनि पुगेका थिए । आज प्रचण्डसँगै एमालेका अध्यक्ष केपी ओली पनि पुगेका थिए ।

उनीहरु दुवैले सरकारमा आउन माधव नेपाललाई भनेका थिए । यसका लागि माधव नेपालले दुई शर्त राखेका सो भेटमा सहभागी एक सुत्रले भन्यो ।

सो समाचार सुत्रका अनुसार माधव नेपालले एमालेसँगै सरकारी गठबन्धनमा सहभागी हुनका लागि नेकपा एकताको प्रस्ताव ओलीले गर्नुपर्ने बताएका थिए । यसो गर्दा कम्तीमा पनि आफू विगतमा फुटेको नेकपा नै एक हुने भएपछि आफू गठबन्धनमा सहभागी भएको तर्क पार्टी र कार्यकर्तालाई दिन पाउनुपर्ने उनको शर्त थियो ।

त्यसैगरी सरकारमा सहभागी हुनका लागि उनले आफ्नो पार्टीले रोजेका मन्त्रालय दिनुपर्ने बताएका थिए । उनले आफूले विगतका मन्त्री नपठाउने र अब पठाउँदा पनि विगतमा पाएजति नै मन्त्रालय दिनुपर्ने उनको शर्त थियो । अघिल्लो गठबन्धनमा नेकपा एसले दुई मन्त्री र एक राज्यमन्त्री पाएको थियो ।

यी दुई शर्त राखेपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली हुन्छ सल्लाह गरौँला भन्दै साँझ फर्किएका थिए । उनीहरु माधव नेपालको घरमा डेढघन्टा भन्दा बढी बसेका बताइएको छ ।

 




भर्खरै