७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको मत महाधिवेशनमा कि चुनाव ?



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले संसद विघटनको विरोध गर्दै दोस्रो चरणको आन्दोलन पूरा गरेको छ । फागुन ३ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको काँग्रेसले अब अर्को चरणको आन्दोलन गर्ने कि नगर्ने रु कुनै निर्णय गरेको छैन । दुई चरणमा वडा, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र तथा प्रत्येक जिल्लामा विरोध प्रदर्शन गरको थियो । तर अहिलेसम्म आन्दोलन उसकै लागि बाध्यता जस्तै बनेको छ ।

सडकमा संसद् विघटनको विरोधमा नारा लगाए पनि नेताहरुले कार्यक्रममा खुलेर संसद् विघटन असंवैधानिक कदम भनेर भन्न सकेका छैनन् । दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत प्रत्येक जिल्लामा फागुन ३ गते भएको विरोध प्रदर्शनमा नेताहरुले आगामी चुनावको प्रचारसमेत गर्न भ्याए ।

काँग्रैस केन्द्रीय तहका नेताका अनुसार पार्टीभित्र उठेको संसद् विघटनको मद्दा चुनाव वा पार्टीको महाधिवेशन ? भन्ने प्रश्नसँग जेलिएको छ । सभापति शेरबहादुर देउवा समूह चुनावको सम्भावित नतिजालाई टेकेर पार्टीको बागडोर पुनः सम्हाल्ने उद्देश्यमा देखिन्छ भने इतर समूहले काँग्रेसभित्रको राज तोड्नका लागि चुनाव नभइ पार्टीको महाधिवेशनमा जानुपर्नेमा जोड गर्दै आएको छ । नागरिक दैनिकमा समाचार छ ।