१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रको विकास र सुदृढीकरण लामो र निरन्तरको प्रक्रिया: सभामुख



अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण एउटा लामो र निरन्तर प्रक्रिया भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “नेपाली जनताको त्याग, विभिन्न कालखण्डमा भएका सङ्घर्ष र बलिदानको प्रतिफलका रुपमा प्राप्त लोकतन्त्रको जीवन्त र जनमुखी अभ्यास गर्नुपर्ने अवस्थामा यसको पालना, संरक्षण र संवद्र्धन गर्ने दायित्व बहनको विषय लोकतन्त्रका लागि मुख्य चुनौतीका रुपमा खडा भएको छ ।”

सन्देशमा उहाँले राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै उहाँले लोकतन्त्रको सुव्यवस्थित र संस्थागत अभ्यासका बारेमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभएको छ । लोकतन्त्र र संविधानमाथि देखिएका चुनौतीको सामना गर्दै यसको उन्नत अभ्यासका लागि सबै राजनीतिक दल, नागरिक समाज, कानून व्यवसायी, बुद्धिजीवी, सञ्चार जगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र जागरुक हुनुपर्ने अवस्था आएको सभामुखले सन्देशमा स्पष्ट गर्नुभएको छ ।  

सभामुखको सन्देशमा भनिएको छ, “लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न सङ्घर्षका क्रममा जीवन आहुति दिनुभएका सम्पूर्ण महान शहीदप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।” उहाँले  लामो र कठिन सङ्घर्षका क्रममा घाइते तथा अपाङ्ग हुनुभएका एवं तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिएका योद्धाको योगदानकोे स्मरण गर्नुभएको छ । लोकतन्त्र सैद्धान्तिक अवधारणा मात्र होइन यो हाम्रो सोचाइ, पद्धति, जीवन व्यवहार र आउने पुस्तालाई हस्तान्तरण गर्ने संस्कार पनि भएको सभामुखको भनाइ छ । –––