३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.08

Wind: 1.54

Humidity: 47

तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले लिए शपथ



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् ।

संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित १९ जना सांसदहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

आइतबारबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको कार्यकाल सकिएको थियो । उक्त रिक्त २० पदको लागि १९ जना माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् भने एक जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका हुन् ।

आज सपथ लिनेमा रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहरा रहेका छन् ।