१४ श्रावण २०८३, बिहीबार
,
Latest
पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलको सत्ता गठबन्धन भत्किएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने तयारी गरेको छ ।

आजै नयाँ मन्त्रीमण्डल बनेमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना रहेको स्रोतले जनाएको छ ।

आईतबार भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसमा सहमत रहेका बताईएको छ । आज नयाँ मन्त्रीमण्डल बन्यो भने रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने रास्वपा स्रोतले बतायो ।

अहिले नयाँ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् ।बैठकमा मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाईने बताईएको छ ।