२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरापमा परेको सत्ता गठबन्धनको बैठक स्थगित, पुस १० मा फर्कने प्रयास



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच उत्पन्न विश्वासको संकटका कारण धरापमा परेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै बोलाइएको बैठक स्थगित गरिएको हो ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदनमाथि छलफल गर्ने भनिएको थियो । तर राजनीतिक तरलताको अवस्था सिर्जना भएपछि यो विषय पुन: ओझेलमा पर्ने भएको छ ।

बाल्कोटमा एमालेको बैठक

यसैबीच नेकपा एमाले सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेका छ । हिजो साँझ दुई पटक प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर नयाँ सत्ता समीकरणबारे छलफल गरेका ओलीले आज सचिवालय बैठक बोलाएका हुन् । बैठकमा नयाँ राजनीतिक परिस्थितिका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच हिजो पुस १० गतेकै अवस्थामा फर्कने सहमति भएको बताइएको छ । यसको अर्थ एमाले र माओवादी केन्द्रसहितका दलको सरकार गठन हुने छ । पुस १० गते अघि पनि एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको दलका सरकार थियो ।