१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाजीले थेगेर थेगिँदैन, पार्टीले प्रदेश सरकारलाई साथ दिदैन : वरिष्ठ नेता पौडेल



अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी  प्रदेश सरकार जोगाउने निर्णय पार्टीले नगर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले सभापति शेर बहादुर देउवाले चाहँदैमा प्रदेश सरकारलाई कांग्रेसले साथ नदिने बताएका हुन् । 

प्रचण्ड–माधव समूहले  प्रदेश १ र बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउदा दुवै प्रदेशमा निर्णायक कांग्रेस बन्न सकेको छैन । 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले सभापति देउवाले प्रदेश सरकार बचाउने पक्षमा हुनुहुन्छ रे नि भन्नेको प्रश्नमा नेता पौडेलले भने, ‘देउवाजीले थेगेर थेगिँदैन ।’  

प्रदेश सांसदहरुले आफ्नै निर्णय गर्न सक्ने उनले बताए । पार्टीको निर्णय विपरित जानुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘(सभापतिले) कार्यसमितिमा भन्न सक्नुपर्यो कि केपी ओलीजीका मान्छेहरु कहाँ कहाँ छन्, त्यसलाई बचाउने भनेर ।’