२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन आफैँ भित्रका समस्या र अन्तरबिरोधले टुट्छ: उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तरबिरोधले टुट्ने दाबी गर्नुभएको छ ।
आईतवार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभयो । उहाँले गठबन्धन भित्रका तमासाहरु आफूहरुले देखिरहेको बताउनु भयो ।

उहाँले मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ गइरहेको बताउनु भयो । उहाँले शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समसया झेलिरहेको जिकिर गर्नुभयो । उहाँले समाजको अग्रगतिका लागि अहिलेको गठबन्धन प्रमुख बाधक भएको बताउनु भयो । उहाँले वर्तमान गठबन्धन कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन नभएको जिकिर गर्नुभयो । उहाँले वर्तमान गठबन्धन स्वार्थ, लेनदेनमा आधारित रहेकाले लामो समयसम्म नचल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन भित्रका तमासाहरु हामी देखिरहेका छौँ । त्यो कुन रुपमा विकसित हुन्छ हेरिरहेका छौँ । हामी त्यति रुची र चाखका साथ गठबन्धनलाई हेरिरहेका छैनौँ । यो गठबन्धन आफैँ भित्रका समस्याहरुले, अन्तरबिरोधले चर्मराइरहेको छ । कुनैपनि बेला टुट्न, फुट्न सक्छ । मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ देखिरहेको छ । शान्ति सुरक्षा, विकास निर्माण, सुशासनका दृष्टिकोणले हेर्नुहोस्, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा मुलुकले गम्भीर समस्या झेलिरहेको छ । यो समाजको अग्रगतिका लागि यो गठबन्धन प्रमुख बाधक हो । पछिल्लो दिनमा यो गठबन्धन आफैँ भित्रका अन्तरबिरोध र समस्याहरुको भुमरिमा फसेको छ । यो कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन होइन । यो स्वार्थ, लेनदेनमा आधारित छ, लामो समयसम्म चल्न सक्दैन । देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि यस प्रकारका गठबन्धन टुट्नुपर्छ ।’

उपाध्यक्ष पौडेलले देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि अहिलेको गठबन्धन टुट्नुपर्ने बताउनु भयो ।