१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर ९७ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । शुक्रबार देशभर  ९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिललो २४ घण्टामा देशभर २ हजार ९३१ जनाको पिसिआर परिक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११४ जना निको भएसंगै कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ६१९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ पुगेको छ।