१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराख्यो : श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताउनुभएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडाँमा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभाको विघटन पछि कामचलाउ बनेको ओली सरकारले कानून विपरित ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताउनुभएको हो । यस्तोकदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्री र सरकारले आफैले प्रतिनिधि सभा विघटन गरीसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरित गैह्र कानूनी ढंगले ज्यादतिपूर्ण, बलमिच्याहिंपूर्ण, दमनकारी क्रियाकलाप गरिराखेको छ । यो केही समयको एउटा निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो ।’

प्रवक्ता श्रेष्ठले समाजवाद उन्मुख समावेसी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरु प्रतिवद्ध रहेको र कुनैपनि हालतमा रक्षा गरी छाडने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यसप्रकारको दमनकारी क्रियाकलापलाई पुरै बन्द गर्दै र नेपालमा फेरी सामाजिक, आर्थिक रुपमान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौं ।’

निर्वाचन आयोगले पार्टीको आधिकारिता दिन ढिलाई गरेको प्रति आफूहरु सन्तुष्ट नरहेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । तरपनि ढिलोचाँडो संविधान र कानून अनुसार फैसला गर्ने विश्वास आफूहरुले गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘निर्वाचन आयोगले ढिलाई गरेको कुराप्रति हामी सन्तुष्ट छैनौं । तरपनि संवैधानिक अंगहरु सबैले संविधान र कानून अनुसार ढिलोचाँडो सही फैसाला गर्नेछन भन्ने अपेक्षा गर्दछौं ।’

शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षा समेत गरेको छ । प्रवक्ता श्रेष्ठले आन्दोलनको संघर्षमा सत्तासिन गुट बाहेक सिंगो देश एकतावद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्याङ्कन बैठकले गरेको बताउनुभयो । सर्वोच्च आदालतले पनि संविधानसम्मत ढंगले निर्णय गर्ने विश्वास बैठकले गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘छिट्टै सर्वोच्च अदालतले यस सम्बन्धमा विचाराधिन मुद्दाका बारेमा फैसाला गर्ने स्थिति आएको छ र हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतले संविधान सम्मत ढंगले संविधान र लोकतन्त्रलाई रक्षा गर्ने गरी निर्णय गर्ने छ भन्ने विश्वास व्यक्त गरेको छ ।’

सडक संघर्षको तीन चरणको कार्यक्रम सम्पन्न भएको र कानूनी लडाई समेत लडिरहेको सन्दर्भमा घोषणा गरिएको सडक संघर्षको चौथो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न निर्देशित गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यस्तै पार्टी एकीकरणका काम छिट्टै पुरा गर्ने र त्यस अन्तर्गत प्रदेश कमिटीका पदाधिकारीहरुको पूर्ति, जिल्ला कमिटीका पदाधिकारीहरुको पूर्ति र केन्द्रीय निकायको एकीकरणको कामलाई पुरा गर्ने विषय केही दिन भित्रमा पूर्ण गरिने र त्यसको निम्ति प्रदेश कमिटी र जिल्ला कमिटीले समेत पाएको जिम्मेवारी र अधिकारको बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी बैठकमा अध्यक्ष द्धयले गराउनु भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।