२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान



अ+ अ-

महेन्द्रनगर । जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन् ।

होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष विनायक शाहको नेतृत्वमा ६० भन्दाबढी नेपाली होटेल व्यवसायी भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले अयोध्याका लागि प्रस्थान गर्नुभएको हो ।

अयोध्यामा राममन्दिरको निर्माण भएपश्चात् त्यहाँ पर्यटकको आवागमन बढेकाले जनकपुरधाममा पनि पर्यटकको आगमन बढाउने उद्देश्यले अयोध्या जान लागेको अध्यक्ष शाहले बताउनुभयो ।

दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, जनस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटनको बढावा दिनु नै अयोध्या भ्रमणको मूल उद्देश्य रहेको होटेल व्यवसायी सङ्घ मधेसका अध्यक्ष विजय झुनझुनवलाले बताउनुभयो । अयोध्या भ्रमणका क्रममा होटेल व्यवसायीले अयोध्यास्थित राममन्दिरमा पूजा आराधना गर्नुका साथै कोशेली पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

त्यस्तै त्यहाँका ‘टुर्स एण्ड ट्राभल्स एजेन्ट’सँग पनि छलफल गर्ने कार्यक्रम रहेको होटेल व्यवसायीले जनाएका छन् । अयोध्या प्रस्थान गर्नुअघि शनिबार बेलुका होटेल व्यवसायीले जानकी मन्दिरमा पूजा आराधना पनि गर्नुभएको थियो । रासस