१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको हो टुँडिखेल जनतालाई देउ : नागरिक मार्च



अ+ अ-

काठमाडौ । बृहत नागरिक आन्दोलनले शुक्रबार काठमाडौंको टुँडिखेलमा मार्च आयोजना गरेको छ । 

प्रतिनिधि सभा विघटनको विरुद्धमा बृहत नागरिक आन्दोलनले टुँडिखेलमा मार्चको आयोजना गरेको हो । रत्नपार्कस्थित शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, सहिद गेट हुँदै टुडिखेलको गेट अगाडि रहेको संकटा मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

मार्चमा सहभागी भएकाहरुले ‘जनताको हो टुुँडिखेल’, ‘टुँडिखेल फिर्ता गर’, ‘नागरिक आन्दोलन सफल पारौं’, ‘गणतन्त्र जिन्दावाद’, लगायतका नारा लगाएका थिए । प्रदर्शनमा सहभागि भएका बृहत नागरिक आन्दोलनमा अगुवाहरुले प्रतिनिधि सभा विघटन विरुद्ध व्यङ्ग गर्दै कतिवा वाचन र कार्टुन प्रदर्शन गरेका थिए ।

मार्चपछि बृहत नागरिक आन्दोलनले आजै ‘नागरिक घोषणापत्र २०७७’ समेत जारी गरेको छ । घोषणा पत्रमा लोकतन्त्रलाई जीवन्त बनाउन राजनीतिक दलहरुले संवैधानिक संस्कार आत्मसात गर्न नसकेको उल्लेख छ । लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरुलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यक्रमा हातेमाले गर्न आव्हान गरिएको छ ।

मौलिक हकलाई संकुचित बनाउने ऐननियम तत्काल खारेज गर्न निरंकुश चरित्रविरुद्ध आवाज उठाउने समेत घोषणापत्रमा उल्लेख छ । लोकतन्त्र व्यवहारमा अनुभूत गर्न गोलबद्ध हुन र लैंङ्गिक असमानतालाई चुनौति दिन, महिला र लंङ्गिक अल्पसंख्यकहरु समान नागरिक हुने, स्वतन्त्र जीवन बाँच्न पाउने र आफ्ना सन्तानको हक अधिकार सुनिश्चित गर्ने आन्दोलनमा एकताबद्ध हुन समेत घोषणापत्रमा उल्लेख छ ।