२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक ऐन संशोधनको लागि गृहकार्य भइरहेको छ: उपप्रधानमन्त्री खड्का



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक ऐन संशोधनको लागि गृहकार्य भइरहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा उहाँले सो जानकारी गराउनुभएको हो । उपप्रधानमन्त्री खड्काले सैनिक ऐन, २०६३ लाई संशोधन गर्नका लागि सरोकारवालाहरुसँग छलफल भइसकेको र त्यसलाई अन्तिम रुप लिन संसदको चालु अधिवेशनमै पेश गर्न लागिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सैनिक ऐन २०६३ संशोधनको लागि गृहकार्य भइरहेको जानकारी गराउन चाहन्छु । सम्बन्धित सरोकारवालाहरुसँग छलफल भई संशोधनको मस्यौदालाई अन्तिम रुप दिन यथाशाक्य संसदको यसै अधिवेशनमा पेश गर्ने गरी अगाडि बढिएको व्यहोरा पनि म माननीय सदस्यहरुज्युहरुलाई जानकारी गराउन चाहन्छु । ’

उपप्रधानमन्त्री खड्काले सरकार, सेना र अदालतमाथि नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । सेना, सरकार र अदालतसबै नागरिकका साझा सम्पती भएकाले त्यसमा रहेका कर्मी हटाउनका लागि मर्यादित र रचनात्मक सहयोगको अपेक्षा पनि सरकारले गरेको उहाँले बताउनु भयो ।