२१ मंसिर २०८२, आईतवार
,
Latest
सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा आवश्यक छ स्पष्ट नीति एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तराजको स्वरमा शास्त्रीयताको जादु अद्भूत र अनुपम थियो: राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले स्वर्गीय आचार्यको शोकाकुल परिवारलाई शुक्रबार समवेदना सन्देश पठाउँदै भन्नुभएको छ, “भजनशिरोमणिको उपाधि पाउनुभएका भक्तराज नेपाली गीतसङ्गीतको आकाशमा बिर्सनै नसक्ने नाम हो, जसको स्वरको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम थियो ।”

“शास्त्रीय सङ्गीतको तत्त्वलाई आधुनिक गीतसङ्गीतमा मिश्रण गर्ने भक्तराजजीको क्षमताले यो क्षेत्रमा उहाँको बेग्लै पहिचान बनेको छ । कैयौँ भजन, देशभक्ति, आधुनिक र बालगीतमा स्वर तथा सङ्गीत दिएर नेपाली गीतसङ्गीतलाई विशिष्ट उचाइमा पुर्‍याउन उहाँले पुर्‍याउनुभएको योगदान अतुलनीय छ”, समवेदना सन्देशमा उल्लेख छ ।

जति चोट दिन्छौँ देऊ मायालु…, मुटु जलिरहेछ…, जहाँ छन् बुद्धका आँखा…, हजार सपनाहरूको माया…लगायत कालजयी र कर्णप्रिय गीतले गीतसङ्गीतप्रेमीमाझ मात्र हैन नेपालीको मनमस्तिष्कमा उहाँलाई जीवन्त राखिरहने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सन्देशमा आचार्यको निधनले नेपाली गीतसङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । राष्ट्रपतिको समवेदना सन्देश उहाँकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले आचार्यका परिवारजनलाई प्रदान गर्नुभएको थियो ।भक्तराजको