१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा चक्कु प्रहारबाट मजदुरको मृत्यु, एक जना पक्राउ



अ+ अ-

काठमाडाैँ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार आपसी विवादका क्रममा ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले चक्कु प्रहार गर्दा ढोरपाटन नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो।

घटना गएराति भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले खत्रीको हत्या अभियोगमा घर्तीलाई नियन्त्रणमा लिएको छ।

घर्तीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला अदालत बागलुङमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।