१९ भाद्र २०८३, शुक्रबार
,
Latest
कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका कारण नागढुंगा सुरुङमार्गको काम ठप्प भयो: रास्वपा उपसभापति अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको काम सरकारकै कारण ठप्प रहेको आरोप लगाउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले सरकारले स्थानीयवासीसँग गरिएको प्रतिवद्धताहरु कार्यान्वयन नगरेका कारण सो सुरुङ मार्गको निर्माण कार्य ठप्प हुने गएको बताउनुभएको हो । उपसभापति अर्यालले सरकारले सो सुरुङ मार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा हाल दैनिक करिव डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आएको जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ब्रेक थ्रु गराउने तयारी गरिएको नागढुंगा सुरुङ मार्गको काम अहिले सरकारकै कारण ठप्प छ । स्थानीयवासीसँग गरिएको प्रतिवद्धताहरु कार्यान्वयन नगरेकै कारण सरकारले अहिले दैनिक झन्डै डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आईलागेको छ ।’

उपसभापति अर्यालले स्थानीयको माग तत्काल सम्बोधन गरी सो सुरुङमार्गको निर्माण कार्य सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । सरकारले सो सुरुङ मार्ग यही साता ब्रेक थ्रु गर्ने घोषणा गरेको थियो । तर स्थानीयवासीको अवरोधको कारण अन्तिम समयमा आएर त्यसको निर्माण कार्य ठप्प भएको उपसभापति अर्यालको भनाई थियो ।