१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री खड्काको दाबी: गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएको भन्दै गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गर्नुभयो ।

उहाँले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर गर्नुभयो । उहाँले आफूले कर्णालीलाई केन्द्रमा पुर्‍याउने कुरा नबिर्सिएको बताउनु भयो । रक्षामन्त्री खड्काले सरकारले आधुनिक स्तरको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बाहिर एउटा हल्ला चलेको छ, भन्दाभन्दै गठबन्धन तलमाथि भएर उहाँ कहाँ पुग्नुहुने हो की भन्ने चिसो परेको छ भने त्यो चिसोबाट मुक्त हुनुहोला । यो गठबन्धन ५ वर्ष चल्छ । यो जनतालाई धोका दिनका लागि, कुर्सी तानातानका लागि गठबन्धन बनेको होइन । यो गठबन्धन मुलभुत उद्देश्यसहित सडकदेखि शुरु हुँदै, जनताको बीचमा मत माग्दा मुलुकलाई यसरी अघि बढाउँछौँ भनेर हालका वर्तमान प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र म स्वयं निर्वाचनको बेलामा गएर मत दिनुस्, गठबन्धनलाई बहुमत दिनुस्, नेतृत्व गर्न चाहन्छाँै भनेको हो । कर्णालीलाई केन्द्रमा पुर्‍याउनेकुरा बिर्सिएका छैनौँ ।’

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा आधुनिक स्तरको स्टुडियो बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल आफैँमा खुला स्टुडियो भएपनि सबै कामहरु त्यसबाट पूरा नहुने बताउनु भयो ।

उहाँले चलचित्र क्षेत्रको विकासका लागि बोर्डले सबै किसिमबाट सहयोग गरिरहेको बताउनु भयो ।