१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ

माओवादीहरुलाई रघुजी पन्तको प्रश्न: तपाईहरुको शरीरमा रगत बगेको छ कि पानी ?

माओवादीहरुलाई रघुजी पन्तको प्रश्न: तपाईहरुको शरीरमा रगत बगेको छ कि पानी ?
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गर्नुभएको छ ।

‘द पायोनियर’ भन्ने भारतीय न्युज पोर्टलमा भारतीय सेनाको रिटायर्ड मेजर जनरल अशोक मेहताले २७ फेब्रुअरी २०२४ मा ‘इन्डिया इज अन द राइट ट्रयाक इन नेपाल’ शिर्षकको लेख लेख्दै प्रधानमन्त्री दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा चित्रित गरिएको बताउनु भयो । उहाँले लेखमा दाहाल भारत चढ्नका लागि उपयुक्त पात्र भएको उल्लेख गरिएको र पूर्व प्रधामन्त्री शेरबहादुर देउवालाई पनि भविष्यमा चढ्नका लागि उपयुक्त घोडा भनिएको भन्दै यस सन्दर्भमा परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्ने बताउनु भयो । काँग्रेसले समेत सभापतिलाई त्यसो भनिदा चुइँक्क बोल्न नसकेको भन्दै काँग्रेस कुन कुनामा मुर्छा परेर बसेको छ ? भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘त्यो लेखको अन्त्यमा के भनिएको छ भने, भारत अहिले नेपालमा राइट ट्रयाकमा छ । अहिलेको गठबन्धन ठिक छ । त्यसले चीनसँग भएको सम्झौतहरु रोकेर राखेको छ । भारतको लागि राम्रो गरेको छ भन्दै भन्दै लास्टमा के भन्छ भन्दाखेरी प्रचण्ड त्यस्तो पात्र हुन् । जो भारतलाई अहिले चढ्नका लागि उपयुक्त छन् । र तबेलामा राखिएका शेरबहादुर देउवा अर्को घोडा हुन् । जो भविष्यमा चढ्नका लागि उपयुक्त छ । अर्थ त्यही हो । यस्तो लेखिदाँ पनि, तर नेपालमा भइरहेका प्रधानमन्त्रीलाई एउटा विदेशीले घोडा भनेर लेख्दा हाम्रो स्वाभिमान कहाँ गयो ? यो अपमानजनक लेख, टिप्पणीप्रति परराष्ट्र मन्त्रालयले आफ्नो प्रतिक्रिया जारी गर्नुपर्दैन ? परराष्ट्र मन्त्रालय त बोलेन बोलेन, नेपाली कांग्रेस पनि कुन कुनामा मुर्छा परेर बसेको छ चुइँक्क बोल्दैन । आफ्नो सभापतिलाई यति लेखिरहँदा पार्टीको तर्फबाट खण्डन गर्नुपर्दैन ? यसप्रति आपत्ति जनाउनु पर्दैन ? हिजो कुनै कालखण्डमा भारतसँग लड्न भनेर सुरुङ खन्ने माओवादी कमरेडहरु तपाईहरुको पार्टीको अध्यक्ष भइरहेका प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर एउटा इन्डियनले लेख्दा चुइक्क बोल्न सक्नुहुन्न ? कुन सुरुङमा लुकेर बस्नुभएको छ ? तपाईहरुको स्वाभिमान कहाँ गयो ? तपाईहरुको शरिरमा नेपालीको तातो स्वाभिमानी रगत बगेको छ कि ? पानी बगेको छ ? दिनुस् जवाफ ।’

उहाँले माओवादी केन्द्रले विगतमा भारतसँग सुरुङ युद्ध लड्ने समेत घोषणा गरेको भन्दै आफ्नो अध्यक्ष तथा प्रधानमन्त्रीलाई यसो भनिरहँदा कुन सुरुङमा लुकेर बसेको भनेर प्रश्न समेत गर्नुभयो । उहाँले माओवादीहरुको स्वाभिमान कहाँ गयो भनेर पनि प्रश्न गर्नुभयो । सांसद पन्तले माओवादीहरुको शरिरमा तातो स्वाभिमानी रगत बगेको छ कि पानी बगेको छ भन्ने प्रश्न गर्नुभयो ।