२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्रीको देउवा लक्षित टिप्पणी: ‘सात पटक प्रधानमन्त्री भइसक्दासमेत अत्तोपत्तो छैन’



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लक्षित अमर्यादित (भद्दा) टिप्पणी गर्नुभएको छ ।

बिहीवार वायुसेवा सञ्चालक संघ, नेपालको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालमा सात पटकसम्म प्रधानमन्त्री हुनेकुरा चिनामै लेखिसकेको भन्दै अमर्यादित टिप्पणी गर्नुभएको हो ।

सार्वजनिक कार्यक्रममै मन्त्रीले पूर्वप्रधानमन्त्री लक्षित भद्दा टिप्पणी गर्नु आफैँमा अशोभनीय हो । तर नेपाली राजनीति वृत्तमा यस प्रकारका घटनाक्रमलाई सामान्य रुपमा लिने गरिन्छ । कार्यक्रममा बोल्दै मन्त्री किराँतीले वायुसेवा सञ्चालक संघ, नेपालमा क्याप्टेन रामेश्वर थापाले चार पटकसम्म संघको नेतृत्व गरेको प्रसंग निकाल्दै नेपालमा सबै पदहरु लामै खाने चलन रहेको टिप्पणी गर्नुभयो । नेपालमा मन्त्री पनि लामो समयसम्म भइरहन पाए हुने र प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखि नै सक्यो भन्दै आफ्नो धारणा राख्नुभयो ।

पछिल्लो वाक्यमा केही वाक्यांश मिलाएर मन्त्री किराँतीले कतिपय स्थानमा आवश्यकता र बाध्यताले पनि हुनसक्ने बताउनु भयो । उहाँले वायुसेवा सञ्चालक संघ, नेपालमा सर्वसम्मतिले नेतृत्व चयन भएको भन्दै उहाँले पद छोड्नेले सानो मन गर्न नहुने समेत बताउनु भयो । उहाँले केही उदाहरण दिँदै गौतमबुद्धले दरबार त्यागेर ठूलो हुनुभएको, नेलशन मण्डेला एक पटक मात्रै राष्ट्रपति भएर पद त्याग्दा ठूलो हुनुभएको बताउनु भयो । उहाँले पुन: देउवाप्रति लक्षित गर्दै सात पटक प्रधानमन्त्री भइसक्दासमेत अत्तोपत्तो नभएको भन्दै भद्दा टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चार पटक रामेश्वर सरले सञ्चालन गर्नुभएछ । यसको जन्मकालदेखि अहिलेसम्म २३ वर्ष भएछ । २३ वर्षको अवधिमा । हुनत: नेपालमा सबै पदहरु लामै खाने चलन छ । हाम्रो देशमा मन्त्री पनि लामै खान पाए हुन्थ्यो, प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखि नै सक्यो । तर यो आवश्यकता र बाध्यताले पनि हुनसक्छ । तर सौहाद्रपूर्ण ढंगले जसरी आफ्नो दायित्व हस्तान्तरण गुर्नभएको छ, यो संस्थाको संरक्षक भएर मार्गनिर्देशन गर्दै बस्नुहुनेछ । पद छोड्नेले सानो मन गर्नु पर्दैन । त्यागेर पनि ठूलो भइन्छ भन्नेकुरा संसारमा देखिएको छ । गौतमबुद्धले दरबार त्यागेर ठूलो हुनुभएको हो । नेलशन मण्डेला एक पटक मात्रै राष्ट्रपति भएर पद त्याग्दा ठूलो हुनुभएको हो । आज पनि अमर हुनुहुन्छ । तर यहाँ सात पटक प्रधानमन्त्री भइसक्यो । अत्तोपत्तो छैन । महात्मा गान्धी पनि त राष्ट्रपति,प्रधानमन्त्री हुनुभएन । त्यसकारण पद मात्रै ठूलो कुरा होइन । जीवनमा गरेका योगदान मुख्य कुरा हो ।’

उहाँले हवाई क्षेत्र बिना पर्यटनको परिकल्पना गर्न नसकिने बताउनु भयो । उहाँले नेपालमा निजी क्षेत्रको व्यवसाय र लगानी भएपनि बजारमुखी नभएको जिकिर गर्नुभयो । उहाँले ऐन, कानून परिमार्जन गरी प्रणालीमा सुधार गर्नसके पर्यटन क्षेत्रमा धेरै ठूलो फड्को मार्नसक्ने बताउनु भयो ।