१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री भट्टराई आज भारत जाँदै



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदै हुनुहुन्छ । उहाँ आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।

उहाँको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनुभएको थियो । अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उहाँ दिल्लीमा त्यसको उपचारका लागि जान लाग्नुभएको हो । दिल्लीमा उहाँको उपचार 'इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस'मा हुनेछ ।

उपचारका लागि दिल्लीमा रहँदा उहाँको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ । उपचारका क्रममा उहाँसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उहाँका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनुहुनेछ ।