२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलमाथि एभरटनको जित



अ+ अ-

लन्डन । शनिबार एभरटनले मर्सिसाइड डर्बीमा उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुललाई २–० ले हराएको छ । यो सन् १९९९ यता एनफिल्डमा प्राप्त एभरटनको पहिलो जित हो । यस्तै सन् २०१० यता डर्बी खेलमा एभरटनले लिभरपुललाई हराएको पनि यो पहिलोपल्ट हो ।

एभरटनको जितमा रिचार्लिसन र गेल्फी सिगार्डसनले एक–एक गोल गरे । यो नतिजापछि लिभरपुल र टोलीका व्यवस्थापक योर्गन क्लोप गम्भीर संकटमा परेका छन् ।

शनिबारकै अन्य खेलमा फुलहमले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई १–० ले हराउँदै आफ्नो रेलिगेसनबाट बच्ने अभियानलाई कायम राख्न सफल भयो । यस्तै साउथ ह्याम्पटन र चेल्सीले १–१ तथा बर्नली र वेस्ट ब्रुमले गोलरहित बराबरी खेले ।