२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कासेमिरोको गोलमा रियल म्याड्रिडको जित



अ+ अ-

म्याड्रिड । शनिबार स्पेनी ला लिगामा रियल म्याड्रिडले रियल भालाडोलिडलाई १–० ले हराएको छ । कासेमिरोले गरेको निर्णायक गोलमा रियल म्याड्रिडले जित हात पारेको हो । यससँगै टोलीले शीर्ष स्थानको छिमेकी एट्लेटिको म्याड्रिडसँगको दूरी तीन अंकमा छोट्यायो ।

ब्राजिली खेलाडीले हेडबाट ६५ औं मिनेटमा गोल गरेका थिए । टिमले एट्लेटिकोले यसअघि बेहोरेको हारको पूरा फाइदा लियो । यसअघि एट्लेटिको घरमै लेभान्टेसँग २–० ले पराजित भएको थियो ।

यो नतिजापछि एट्लेटिको २३ खेलबाट ५५ अंकमै सीमित रह्यो भने एक खेल बढी खेलेको रियलको ५२ अंक भएको छ । यो समीकरणले उपाधि–होड रोमाञ्चक हुने भएको छ । बार्सिलोना ४६ अंकसाथ तेस्रो स्थानमा छ । शनिबारका अन्य खेलमा एल्चेले आइबरलाई १–० र भ्यालेन्सियाले सेल्टा भिगोलाई २–० ले हराए ।