२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ मन्दिरमा जलहरी जडान सात दिनभित्रै



अ+ अ-

काठमाडौँ । पशुपतिनाथ ज्योतिर्लिङ्गमुनिको जलहरीलाई सुनले मोर्ने गरी १०८ किलो सुनको जलहरी बनिरहेको छ । पाटनका कालिगढले एक सातादेखि जलहरी बनाइरहेका छन् । जलहरी बनाउने कार्य मन्दिर परिसरमा नेपाली सेनाको कडा सुरक्षाबीच भइरहेको छ । एक साताभित्र जलहरी जडान हुनेछ । पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार जलहरी जडान गर्ने क्रममा शनिबार पशुपतिनाथका चारै मुहारका पुजारीले भइरहेको चाँदीको जलहरी फुकाइरहेका छन् ।

जलहरी र ज्योतिर्लिङ्गमा पुजारीले मात्र छुन पाउने विधान छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार पशुपतिनाथमा क्षमापूजा नगरी नयाँ धातु जडान कार्य गर्न नहुने भएकाले दक्षिण भारतबाट ४० जना पण्डित क्षमापूजाका लागि यहाँ आएका छन् । पण्डितहरूले शनिबारदेखि सात दिन निरन्तर क्षमापूजा गर्नेछन् । क्षमापूजाको एक विधि शनिबार सम्पन्न भएको छ ।

१०८ केजी सुनमा तामा तीन किलो र चाँदी एक किलो मिश्रण गरिने छ । डा। खतिवडाले पञ्चधातुसहितको जलहरी बनाउनुपर्ने विधानअनुसार यी धातु मिश्रण गरिएको बताउनुभयो । त्यसका लागि आवश्यक पर्ने सुन नेपाल राष्ट्र बैङ्कबाट खरिद गरिएको छ । जलहरीपछि पशुपति मन्दिर परिसरको बसाहा, छाना र गजुरसमेतमा सुन लेपन गर्ने योजना छ । लिच्छवि राजा सुपुष्पदेवको समयमा झिँगटीको छाना रहेको पशुपतिनाथ मन्दिरमा पछिका राजाले सुनको मोलम्बासहितको छाना छाएका हुन् । तत्कालीन राजा त्रिभुवन र महेन्द्रको पालामा मन्दिरभित्र धातुको प्रयोग हुन थालेको इतिहास छ ।

बसाहा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका छोरा जितजङ राणाले राख्न लगाएका थिए । पृथ्वीनारायण शाहका सेवक राधाबल्लभ र शक्तिबल्लभ अर्यालले चाँदीको ढोका तथा शाहका सुब्बा कुलानन्द झाले मन्दिरभित्र र बाहिर थप चाँदीको ढोका हाल्न लगाएका थिए । गोरखापत्र दैनिक