• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पती शुद्धीकरण अनुसन्धान विभागलाई समितिको निर्देशन



काठमाडौँ । राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पती शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक सम्पती शुद्धीकरण सम्बन्धि भएको छलफल प्रश्चात समितिले विभागलाई यस्तो आग्रह गरेको हो । समिति सभापति रामहरी खतिवडाले समिति बैठकमा बोल्दै सम्पती शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न आग्रह गर्नुभयो । उहाँले विभागले प्रमाणहरुलाई राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरु विभागको कामलाई हेरेर आतंकित हुने वातावरण नबन्ने गरी मुद्दा अघि बढाउन आग्रह गर्नुभयो । सभापति खतिवडाले नेपालमा उद्योगी व्यापारी लगायत अन्य मानिसहरु आंतकित हुने वातावरण राजश्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्नु नहुने बताउनु भयो । उहाँले राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण सम्बन्धिले कसैको छविमा पछिसम्म असर पर्ने काममा हात नहाल्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सम्पती शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्नुहोला । प्रमाणहरु राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरु विभागको कामलाई हेरेर आतंकित हुने वातावरण नबनोस् । नेपालमा उद्योगी व्यापारी लगायत अन्य मानिसहरु आंतकित हुने वातावरण राजश्व अनुसन्धानले र सम्पती शुद्धीकरण अनुसन्धान विभागले पनि नगरोस् । मुद्दा लगाएर अनावश्यक दु:ख दिने कुरा छ । यसलाई विचार पुर्‍याएर मात्रै कसैको छविमा पछिसम्म असर पर्ने काममा कम हात हाल्न आग्रह गर्दछु । बेनामी रुपमा सम्पती शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा हाल्ने विषयलाई व्यवस्थित गर्नुपर्छ भन्ने समितिको धारणा छ । यो विषयमा सम्पती शुद्धीकरण अनुसन्धान र राजश्व अनुसन्धान विभागले ध्यान दिन आग्रह छ ।’

उहाँले बेनामी रुपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा हाल्ने विषयलाई व्यवस्थित गर्नुपर्ने बताउनु भयो । उहाँले यो विषयमा सम्पती शुद्धीकरण अनुसन्धान र राजश्व अनुसन्धान विभागले ध्यान दिन आग्रह गर्नुभयो ।