१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ

हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पती शुद्धीकरण अनुसन्धान विभागलाई समितिको निर्देशन

हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पती शुद्धीकरण अनुसन्धान विभागलाई समितिको निर्देशन
अ अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पती शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक सम्पती शुद्धीकरण सम्बन्धि भएको छलफल प्रश्चात समितिले विभागलाई यस्तो आग्रह गरेको हो । समिति सभापति रामहरी खतिवडाले समिति बैठकमा बोल्दै सम्पती शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न आग्रह गर्नुभयो । उहाँले विभागले प्रमाणहरुलाई राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरु विभागको कामलाई हेरेर आतंकित हुने वातावरण नबन्ने गरी मुद्दा अघि बढाउन आग्रह गर्नुभयो । सभापति खतिवडाले नेपालमा उद्योगी व्यापारी लगायत अन्य मानिसहरु आंतकित हुने वातावरण राजश्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्नु नहुने बताउनु भयो । उहाँले राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण सम्बन्धिले कसैको छविमा पछिसम्म असर पर्ने काममा हात नहाल्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सम्पती शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्नुहोला । प्रमाणहरु राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरु विभागको कामलाई हेरेर आतंकित हुने वातावरण नबनोस् । नेपालमा उद्योगी व्यापारी लगायत अन्य मानिसहरु आंतकित हुने वातावरण राजश्व अनुसन्धानले र सम्पती शुद्धीकरण अनुसन्धान विभागले पनि नगरोस् । मुद्दा लगाएर अनावश्यक दु:ख दिने कुरा छ । यसलाई विचार पुर्‍याएर मात्रै कसैको छविमा पछिसम्म असर पर्ने काममा कम हात हाल्न आग्रह गर्दछु । बेनामी रुपमा सम्पती शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा हाल्ने विषयलाई व्यवस्थित गर्नुपर्छ भन्ने समितिको धारणा छ । यो विषयमा सम्पती शुद्धीकरण अनुसन्धान र राजश्व अनुसन्धान विभागले ध्यान दिन आग्रह छ ।’

उहाँले बेनामी रुपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा हाल्ने विषयलाई व्यवस्थित गर्नुपर्ने बताउनु भयो । उहाँले यो विषयमा सम्पती शुद्धीकरण अनुसन्धान र राजश्व अनुसन्धान विभागले ध्यान दिन आग्रह गर्नुभयो ।